काठमाडौं । मेला महोत्सवमा सर्वसाधारणलाई आकर्षित गर्न सेलिब्रेटी कलाकारहरुलाई बोलाउने गरिन्छ । जसमा कलाकार वा कुनै चर्चित व्यक्तित्व हुन्छन् । तर, भारतमा भने एउटा राँगो सेलिब्रेटी बनेको छ, मेला महोत्सवमा सर्वसाधारणलाई आकर्षित गर्न उसको नाम नै काफी बनेको छ ।
हाल चिरकुटमा महोत्सव चलिहेको छ । उक्त महोत्सवको आकर्षण बनेको छ युवराज नाम दिइएको राँगो । जसलाई हेर्न सर्वसाधारण टिकट काटेर तछाडमछाड गरिरहेका छन् ।
हरियानाका कृषक युवराज कर्मविरको राँगको उमेर ९ वर्ष पुगेको छ भने राँगोको मूल्य ९ करोड २५ लाख पुगेको छ । १५ क्विटल वजन रहेको रागो ११.५ फिट लम्बाई र ५.८ फिट उचाइ रहेको छ ।
यसको दैनिक खाना २० लिटर दुध, १० केजी फलफुल, ५ केजी हरियो घास र ५ केजी सुकेको पराल रहेको छ । यसबाहेक उसले दैनिक ५ किलोमिटर हिड्ने गर्दछ । यसैगरी दैनिक २ पटक तेल मालिस समेत गरिदै आएको छ ।
कृषक कर्मविरले राँगोलाई आफ्नो बच्चाजस्तै गरी हुर्काएको र आफ्नो परिवारको सदस्य रहेको बताए । राँगोको दैनिक खानाका उनले दैनिक ३००० देखि ४००० रुपैयाँसम्म खर्च गर्दै आएका छन् । राँगोले दैनिक १०–१४ एमएल विर्य उत्पादन गर्दै आएको छ । जसबाट ७०० देखि ९०० डोस गर्भधारण गर्ने विर्य बनाउन सकिन्छ । यसबाट बार्षिक ५० लाख आम्दानी हुने उनले जानकारी दिए ।
प्रतिक्रिया