काठमाडौं । सरकारले आयोजना गरेको २५ वर्ष पछिको सबैभन्दा ठूलो लगानी सम्मेलन बिहिबारदेखि काठमाडौमा सुरु भएको छ ।
’हार्नेसिङ इन्भेष्टमेन्ट अपच्र्युनिटिज इन नेपाल’ नारा सहित सुरु भएको सो सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । सम्मेलनमा विश्वका विभिन्न देशका एक हजार भन्दा बढाी लगानीकर्ता सहभागी भएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वभरका लगानीकर्ताहरुलाई खुलेर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । उनले मूलुकले संविधान पाइसकेको र अव विकासमा केन्द्रित हुने भएकोले ठूला विदेशी लगानी कुरीरहेको बताए ।
प्रधानमन्त्री दाहालले लगानीका लागि विदेशी कम्पनीहरु आएमा सम्पुर्ण प्रक्रियाहरु सहज बनाइदिने प्रतिवद्धता समेत व्यक्त गरे । उनले नेपालमा पब्लिक प्राइभेट पार्टनरसिप ‘पिपिपी’ मोडेल सवैभन्दा उत्कृष्ट रहेको भन्दै सरकारले पुर्वाधार निर्माण लगायमा नीजिक्षेत्र र बैदेशिक लगानीलाई प्राथमिकताका साथ सहयोग र सहकार्य गर्ने बताए । उनले लगानीको सुरक्षा नेपालमा रहेको स्पष्ट पार्दै नेपालका राजनीतिक दल विकासको बाधक नभएको जानकारी दिए ।
सोही कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले लगानीको लागि सवै प्रकारका ऐन नियमहरु पपिरवर्तन गरिने विश्वास दिलाए । उनले नाफाबापत आएको रकम आफूले लानको लागि सरकारले सहज बाटो बनाइदिने पनि उनले जानकारी दिए ।
उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालले दोस्रो ‘जेनेरेसन’को लगानी सम्मेलन आयोजना गरेको बताउँदै नेपालको हाइड्रोपावर तथा नयाँ बन्ने भौतिक संरचनाका क्षेत्रमा पर्याप्त लगानी गरे प्रतिफलको प्रचुर सम्भावना रहेको जानकारी दिए ।
पूर्व अर्थमन्त्री रामशरण महतले आगामी दिनका लागि सरकारले पूर्वाधारमा लगानी खुला गरेको र त्यसमा पिपिपी मोडेल दोस्रो ‘जेनेरेसन’आकर्षण भएको बताए ।
महतले नेपाल जैविक विविधताले भरिपूर्ण भएको भन्दै हाइड्रोपावर, क्लिन इनर्जी तथा नयाँ इन्फ्रास्टक्चर निर्माणका लागि लगानीको सम्भावन धेरै रहेको पनि सो सम्मेलनमा जानकारी दिए ।
सम्मेलनमा एसियन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैङ्क (एआइआइवी)का प्रेसिडेन्ट जिन लिछुनले नेपालका ठूला प्रोजेक्टहरुमा लगानी गर्न इच्छुक रहेको बताए ।
सम्मेलनमा भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग लिएका छन् । त्यस्तै नेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी छन् ।
प्रतिक्रिया