काठमाडौ । आस्वा सेवा निःशुल्क दिने भनेको सिटिजन्स बैंक इन्टरनेशनलाई नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । सोमबार आश्वा सेवा निःशुल्क दिने भन्दै बैंकले सूचना प्रकाशित गरेको थियो ।
यसरी आश्वा सेवाको तोकिएको शुल्क नलिदा आश्वा सेवा दिने बैंक तथा वित्तिय संस्थाहरुबिच अस्वस्थ प्रतिष्पर्धा बढ्ने र गुणस्तरमा गिरावट आउने भन्दै बोर्डले नियमावलीमा तोकिएको शुल्क लिन्न भन्न नपाइने भएको भन्दै स्पष्टीकरण सोधेको हो ।
बोर्डका अनुसार बैंक तथा वित्तिय संस्थाहरुले गुणस्तरीय आश्वा सेवा प्रदान नगरेको पनि बताएको छ ।
बोर्डले शुल्क तोकेपछि त्यसबाट बैंकहरुलाई आम्दानी हुने र सोही आम्दानीबाट दक्ष कर्मचारी राखी आस्वा सेवा गुणस्तरीय बन्ने बताएको छ ।
प्रतिक्रिया