वि.सं. २०८२ जेष्ठ ३०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरिया जानको लागि भाषा परिक्षाको आवेदन खुल्यो, चैत ९ देखि १८ सम्म म्याद, आवेदन अनलाइन मार्फत

अर्थटुडे
२०७३ फाल्गुन २४, मंगलवार

काठमाडौं । कोरिया जाने तयारी गर्दै हुनुहुन्छ ? वैदेशिक रोजगार विभाग इपिएस शाखाले मंगलबार जारी गरेको सुचना अनुसार भाषा परिक्षाको आवेदन फाराम चैत ९ गतेदेखि खुल्ने भएको छ । परिक्षा फाराम भर्ने म्याद चैत १८९ गतेसम्म रहेको छ ।

रोजगारीको लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको कोरिया जानको लागि पास गर्नुपर्ने भाषा परिक्षा भने जेठ २७ र २८ गते हुने छ ।

सार्वजनिक सुचनामा आवेदकले अनलाईनमार्फत फाराम भर्न पाउने व्यवस्था गरिएको छ । विभागका अनुसार अर्को वर्षका लागि १० हजार २ सय नेपाली कामदार कोरिया जाँनेछन् ।चार हजार उत्पादनमूलक क्षेत्र र ६ हजार २ सय कृषि क्षेत्रमा कामदारको माग भएको पनि विभागले जनाएको छ ।

भाषा परीक्षामा सामेल हुनका लागि १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्ने छ । आवेदन फाराम भर्नु एक दिनअघि नै ग्लोबल आइएमई बैंकमा गएर २४ अमेरिकी डलर बराबरको रकम तिरेपछि अनलाइनमा फाराम भर्न सकिने व्यवस्था गरिएको विभाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ