काठमाडौं । बुधबार नेप्से परिसुचक १.८३ ले बढेर १०१६.५ अंकमा पुगेको छ । मंगलबार पाँच वर्षपछिको रेकर्डलाई ब्रेक गर्दै हजार अंक नाघ्न सफल भएको नेप्से बुधबार पनि बढेको हो ।
बुधबार कारोबार रकम भने मंगलबारको तुलनामा ५० प्रतिशतले घटेको छ । बुधबार ४० करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ८८ हजार २९८ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यसैविच बजारमा सञ्चालनमा रहेका १६ ब्रोकर कम्पनीले बुधबार कारोबार गर्न पाएनन् । बुधबार समूहगत आधारमा जलविद्युत समूह र विमा समूहको नेप्से भने ओरालो लागेको छ ।
प्रतिक्रिया