वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हेलो सरकारमा ३१ हजार उजुरी

अर्थटुडे
२०७१ असार २५, बुधबार

काठमाडौं । हेलो सरकारमा हालसम्म ३१ हजार उजुरी परेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले २०७१ जेठ मसान्तसम्ममा ३१ हजार ११ वटा उजुरी परेको जनाएको छ । हेलो सरकार २०६८ कार्तिक १७ गते स्थापना भएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटाले ति उजुरी मध्ये ९७ प्रतिशत अर्थात ३० हजार १३९ वटा फछ्यौट भएको जानकारी दिए ।

helo sarkarसचिव वास्कोटाका अनुसार सबैभन्दा वढी उजुरी गृह मन्त्रालय र सो मातहतका रहेको छ । गृहमन्त्रालयको बारेमा ५ हजार ४०३ वटा उजुरी परेको छ । त्यसैसरी शिक्षा मन्त्रालयको ३ हजार ८१४ वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २ हजार १०३, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको २ हजार ३९९ वटा उजुरी परेको पनि बास्कोटाले जानकारी दिए । विद्युत प्राधिकरण, बाणिज्य तथा आपुर्ति मन्त्रालय लगायतको पनि उजुरी परेको बास्कोटाले जनाएका छन् ।
हेलो सरकार कक्ष आफैले १४ सय ६६ वटा उजूरी फछ्यौट गरेको बताउँदै सचिव बास्कोटाले प्रधानमन्त्री कार्यालयले ३३ वटा केन्द्रीयस्तरका निकायमा फछ्यौटका लागि लेखी पठाएको पनि जानकारी दिए ।

चालू आर्थिक वर्षको ११ महिनामा ७ हजार १५६ वटा गुनासो प्राप्त भएकोमा ६ हजार ४०५ वटा फछ्यौट भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ