वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से राताम्मे, कारोबारमा भने सुधार

अर्थटुडे
२०७३ चैत्र १, मंगलवार

काठमाडौं । बजार मंगलबार सेयर बजार परिसुचक (नेप्से) राताम्मे भएको छ । सोमबार ७.७० अंकले बढेको बजारमा मंगलबार बजार ओरालो लागेर राताम्मे भएको छ ।

यसदिन नेप्से सूचक ८.१४ अंकले घटेर १३४७.०९  अंकमा अडिएको छ । मंगलबार बैकिङ ११.७२ अंकले,होटल २७.२, विकास बैंक १.४९, जलविद्युत १०.४७, फाइनान्स २.२, बिमा ५.६६ र अन्य १.७३ अंकले ओरालो लागेको छ । यसदिन उत्पादनमूलक समूह भने ४.६६ अंकले उकालो लागेको छ ।

दिनभर ५२ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ । सोमबार साढे ३५ करोडको मात्र कारोबार भएको थियो । यसदिन धेरै कारोबार हुने कम्पनीहरुमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर मात्र २१ करोड भन्दा माथिको भएको छ ।

त्यस्तै एसियन लाइफ इन्सुरेन्स, सानिमा बैंक, नेपाल बंगलादेश बैंक,नेपाल क्रेडिट एण्ड कमर्स र नेपाल लाइफ इन्सुरेन्सको बढी कारोबार भएको छ ।

यसदिन सवैभन्दा बढी सेती फाइनान्स,हिमालय डिस्टीलरी,सिन्धुविकास बैंक, रिलावल माइक्रोफाइनान्स वित्तिय संस्था लगायतका कम्पनीको लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै ओरियन्टल होटल,अपी पावर कम्पनी महालक्ष्मी विकास बैंक लगायतका कम्पनीहरुले सवैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ