वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगाले १४ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद शेयर दिने

अर्थटुडे
२०७३ चैत्र ३, बिहीबार

काठमडौं । मेगा बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १३.९५ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद सेयर दिने भएको छ । मेगा बैंकको बिहिबार सम्पन्न छैटौं साधारणसभाले करसहित १३.९५ प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताब पारित गरेको हो ।

साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १३.२५ प्रतिशत बोनस सेयर र त्यसको करका लागि प्रतिसेयर ०.७० प्रतिशत नगद लाभांश व्यवस्था गर्ने निर्णय गरेको हो । यसैगरी, साधारणसभाले लगानीकर्ताहरुलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यो सँगै करिब १ लाख ४० हजार शेयरधनी लाभान्वित हुने बैंकले जनाएको छ ।

साधारणसभापछि बैंकका अध्यक्ष भोजबहादुर शाहले भन्नुभयो– ‘संचालनको छोटो अवधिमै यति मुनाफा दिनसक्नुलाई हामीले उपलब्धिका रुपमा लिएका छौं । मैले अघिल्लो बर्ष १० प्रतिशत भन्दा बढी लाभांश दिने प्रतिबद्दता गरे बमोजिम यस बर्ष बैंकले १३.९५ प्रतिशत लाभांश वितरण गर्न सफल भएकोमा खुसी लागेको छ ।’

मेगा बैंकले गत आर्थिक वर्षमा २०७२÷७३ मा बढेर ५५ करोड १० लाख पुगेको थियो । बैंकका प्रमूख अधिकृत अनिल शाहका अनुसार, चालू आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकको कूल निक्षेप ७ अर्ब ७७ करोडले वृद्धि भई ३८ अर्ब ५२ करोड रुपैंया पुगेको छ भने खुद कर्जा ६ अर्ब ६५ करोडले वृद्धि भई ३४ अर्ब १ करोड रुपैंया पुगेको छ । दोस्रो त्रैमासिकमै बैंकले ३७ करोड ९ लाख खूद मुनाफा आर्जन गरेको छ ।

मेगा बैंकका अहिले ३९ वटा शाखा कार्यालयहरु, १ एक्सटेन्सन काउण्टर, ४७ वटा एटिएम मेसिनहरु तथा ५८ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेका छन् । यसैगरी, बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगारेमिट” को देशभर १४ सय भन्दा बढी प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्र्तराष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २० पुगेको छ । यसैगरी, बैंकको ग्राहक संख्या २ लाख २४ हजार पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ