वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्रोकर कम्पनीको शाखा विस्तार कार्य स्थगित

अर्थटुडे
२०७३ चैत्र ६, आईतवार

काठमाडौँ । ब्रोकर कम्पनीको शाखा विस्तार गर्ने योजना केही समयको लागि स्थगित भएको छ । कानुनी जटिलता आएको भन्दै नेपाल धितोपत्र बोर्डले उपत्यका बाहिर ब्रोकर कम्पनीको शाखा बिस्तार गर्ने योजना स्थगित गरेको हो ।

यसअघि धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेन्जले ४१ वटा ब्रोकर कम्पनीलाई शाखा विस्तारको लागि स्वीकृति दिएको थियो ।

नेप्सेको स्वीकृति बमोजिम ४१ वटै ब्रोकर कम्पनीले शाखा विस्तारको लागि चाहिने पुर्वाधारको निर्माण गरीसकेका थिए ।
शाखा विस्तार गर्ने सम्बन्धमा कम्पनीको पूँजी कति हुने, कस्तो जनशक्ति राख्ने र भौतिक पूर्वाधार कस्तो हुने भन्ने विषयमा टुंगो लगाउन बाकी रहेकोले बोर्डले सो प्रक्रिया स्थागित गरिएको बोर्डका प्रबक्ता निरज गिरीले अर्थटुडेसँग जानकारी दिए ।

सेयर बजारलाई जनताको पहुँचसम्म सहज रुपमा पुर्याउने भन्दै ब्रोकरलाई शाखा विस्तारका लागि नेप्सेले निर्देशन दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ