काठमाडौँ । सेयर बजार आइतबार दोहोरो अंकले बढेको छ । कारोबारको सुरुदेखि नै बढेको बजार कारोबार बन्द हुदा २४.८५अंकले उकालो लागेर १३८२.१९ अंकमा अडिएको छ ।
आइतबार सम्पुर्ण परिसुचक पनि उकालो लागेको छ । यसदिन बैकिङ १२.९, होटल ६०.०५, विकास बैंक १७.१८, जलबिद्युत ५५.५९, फाइनान्स ६.७६, इन्स्योरेन्स ३६७.४९, उत्पादन मुलक २.५६ र ९.२५ अंकको बृद्धि भएको हो ।
कारोबार रकम पनि बढेर ६८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै एनसीसी बैंकको ६ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो भने नेशनल लाइफ इन्सुरेन्सको चार करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी कमाउने कम्पनीहरुमा प्राइम लाइफ इन्स्योरेन्स, एभरेस्ट इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन् । ती कम्पनीहरुको १० प्रतिशतको हाराहारीमा मुल्य बढेको छ ।
त्यस्तै राप्ती भेरी बिकास बैंकका लगानीकर्ताहरुले करिव पाँच प्रतिशतको हाराहारीमा गुमाएका छन् । त्यस्तै यसदिन गुमाउने पाँच कम्पनीमा सिन्धुविकास बैंक, खानीखोला हाइड्रोपावर,मिर्मिरे माइक्रोफाइनान्स र साझा विकास बैंक रहेका छन् ।
प्रतिक्रिया