वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वित्तीय सहकारीको अनुगमन विभागले गर्न सक्दैन, केन्द्रीय संघ वा राष्ट्र बैंकले गर्नुपर्छ

अर्थटुडे
२०७३ चैत्र १६, बुधबार

काठमाडौं । वित्तीय कारोबार गर्ने सहकारीको प्रभावकारी अनुगमन हुन नसकेको आलोचना भइरहेका बेला सहकारी विभागका पूर्व रजिष्टार समेत रहेका शान्ति तथा पुननिर्माण मन्त्रालयका सहसचिव सुदर्शन प्रसाद ढकालले राज्यले अनुगमन गर्ने जिम्मेवारी विभागको थाप्लोमा हालिदिनु नै गलत भएको बताएका छन् ।

“वित्तीय कारोवार गर्ने बचत तथा ऋण सहकारी जनताका बैंक हुन । यिनीहले एटीएम, मोवाईल बंैकिङ पनि संचालन गर्न सक्छन्” सहकारी हकहित राष्ट्रिय समाजले गरेको अन्र्तक्रियामा बोल्दै उनले भने, “विश्वका अन्य देशमा वित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुलाई सेन्ट्रल फेडेरेसन जस्ता डेडिकेटेड पावर वा केन्द्रीय बैंकले नियन्त्रण गर्ने प्रचलन छ ।” सहकारीले विद्यालय, हाउजिङ्ग, उद्योग धन्दा खोल्न नपाउने अनि उत्पादनको क्षेत्रमा गएनौ भनेर किन गाली गर्नु गलत भएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडालले सहकारी दिवस २०७१ मा ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने अत्यन्तै महत्वपूर्ण थिम तय गरेपनि महा भुकम्प र छ महिनाको नाकावन्दीले त्यस अनुसारको लक्ष प्राप्त हुन नसकेको बताए । अन्तर्राष्ट्रिय रुपमै दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारीले भूमिका खेल्नुपर्ने नीति पारित भएको जानकारी दिए । सोही नीति अनुसार नेपालमा ६० औं सहकारी दिवस मनाउनका लागि ‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने नारा तय गरिएको बताए ।

सहकारी विभागका उपरजिष्टार नारायण प्रसाद अर्यालले दिगो बिकास लक्ष प्राप्तीका लागि राज्यले आगामी १५ बर्षका लागि तय गरेका लक्ष र उद्देश्य हासिल गर्ने राष्ट्रिय अभिभारा सहकारी क्षेत्रको पनि भएको बताए । सहकारी क्षेत्रले ल्याउने नीति, योजना र कार्यक्रमहरु राज्यले तय गरेका बिकास लक्ष्य प्राप्त हासिल गर्न सहयोगी हुनुपर्ने उनको भनाइ थियो । गुणस्तरीय स्वास्थ्य, शिक्षा, पोषणयुक्त खाद्यन्नको उपलब्धता, आम्दानी अभिबृद्धि, लैङ्गिक बिभेद र असमानताको अन्त्य लगायतका राज्यलाई आर्थिक सामाजिक हिसाबले सशक्त तुल्याउने अभियान सहकारीको पनि भएको उनले बताए ।

राष्ट्रिय सहकारी संघका पूर्वअध्यक्ष दीपक प्रकाश बाँस्कोटाले राष्ट्रिय सहकारी दिवसका अवसरमा नारा (थिम) मात्र तयार नगरी त्यस अनुरुप काम गर्न कार्यक्रम पनि बनाउन सुझाव दिए । सहकारी संघ÷संस्थाहरुमा नारा अनुसार कति उपलब्धी हासिल भयो भनेर समिक्षा गर्ने क्षमता भयोभने मात्र राम्रो हुने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ