वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन जनरल इन्सुरेन्सले १६६.६७ प्रतिशत हकप्रद विक्रि गर्ने,अनुमति लिन पुग्यो बोर्ड

अर्थटुडे
२०७३ चैत्र २२, मंगलवार

काठमाडौं । हिमालयन जनरल इन्सुरेन्स हकप्रद सेयरको लागि अनुमति माग्न नेपाल धितोपत्र बोर्ड पुगेको छ । हिमालयन जनरल कम्पनीले १६६.६७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भनी चैत २० गते अनुमतिका लागि बोर्ड पुगेको हो ।

हिमालयनले १ः१.६६६७ अनुपातमा एक सय रुपैयाँ दरले ६४ करोड २० लाख बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद सेयर आफ्ना लगानीकर्तालाई बिक्री गर्न लागेको हो ।

गत शुक्रबार बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन दिएसँगै कम्पनी आइतबार नै चुक्तापुँजी बृद्धिका लागि हकप्रद सेयर निष्कासनको अनुमति माग्न बोर्डमा पुगेको हो ।

हकप्रद निष्कासनपछि हिमालयनको चुक्ता पुँजी एक अर्ब २ करोड ७२ लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्तापुँजी २०७५असार मसान्तसम्ममा एक अर्ब पुर्याउनुपर्ने बाध्यात्मक निर्देशन जारी गरेको छ । हकप्रद सेयरको निष्कासन तथा विक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ