वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केही वर्षमा नै बिद्युत निर्यात हुन्छ —कुलमान घिसिङ

अर्थटुडे
२०७३ चैत्र २२, मंगलवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबैठाउँमा लोडसेडिङ हटेको घोषणा गरेको छ । मंगलबार प्राधिकरणले आगामी शुक्रबार मनाउन लागेको विद्युत दिबसको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अब देशभर ‘पिक आवर’ मा पनि लोडसेडिङ नहुने बताएका छन् ।

उनले अब लोडसेडिङबारे चिन्ता गर्नु नपर्ने बताउँदै लोडसेडिङ सदाको लागि अन्त्य भएको दावी गरेका हुन् । प्राधिकरणले विहान ५ देखि ८ बजे र साँझ ५ देखि साढे ८ बजेसम्मलाई पिक आवर मानेको छ । काठमाडौं, पोखरा र चितवनलाई लोडसेडिङ मुक्त घोषणा गरेको प्राधिकरणले देशका अन्य भागमा भने केही घन्टा विद्युत कटौती गर्दै आएको थियो ।
लोडसेडिङ हटाउन प्राधिकरणले यो वर्ष १५ अर्ब रुपैयाँको बिजुली आयात गरेको जानकारी दिएको छ । गत प्राधिकरणले १४ अर्ब रुपैयाँको बिजुली आयात गरेको  थियो ।

घिसिङले नेपालबाट विजुली निर्यात गरिने समेत बताए । माथिल्लो तामाकोसी आयोजना निर्माण सम्पन्न हुनै लागेको जानकारी दिदै उनले ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना निर्माण सम्पन्न हुने वित्तिकै नेपाललाई चाहिने भन्दा बढी विजुली उत्पादन हुने र त्यसको निर्यात गर्न सकिने उनले बताए ।

पत्रकार सम्मेलनमा प्राधिकरण प्रमुख कुलमान घिसिङले अब प्राधिकरण निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सफर्मर अपग्रेडिङमा केन्द्रित हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ