वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल बैंकको हकप्रद बैशाख पहिलो साता, लगानीकर्ताले १०० बराबर २३.७४ कित्ता पाउने

अर्थटुडे
२०७३ चैत्र २३, बुधबार

काठमाडौं । नेपाल बैंक लिमिटेडले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्ने भएको छ । हकप्रदका लागि चैत २९ गते बुक क्लोज हुने र त्यो भन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुलाई २३.७४ प्रतिशतका दरले हकप्रद पाउने र त्यसका लागि बैशाख ७ गतेदेखि जेठ १० गतेसम्म आवेदन खुल्ला रहने निष्कासनका तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ ।

बैंकको हाल ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद पछि बैंकको चुक्तापुँजी आठ अर्ब ४ करोड भन्दा बढी हुने छ ।  जसमा सरकारको ५२ प्रतिशत र सर्वसाधारणको ३७ प्रतिशत हुनेछ । बैंकले पुस मसान्तसम्म एक अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

हकप्रदको आवेदन नेपाल बैंक लिमिटेडको सम्पुर्ण शाखाहरु र सिभिल क्यापिटल मार्केट, सिटिसी मल सुन्धाराबाट दिन सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ