वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिमेन्टको मुल्य घटाउन उद्योगमन्त्रीले दिए निर्देशन

अर्थटुडे
२०७३ चैत्र २४, बिहीबार

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सिमेन्टको मुल्यबृद्धि गरिएको प्रति पुनर्विचार गर्नको लागि नेपाल सिमेन्ट उत्पादक संघलाई निर्देशन दिएका छन् । देश पुनर्निर्माणको चरणमा रहेको र यस्तो अवस्थामा सिमेन्टमा मूल्यवृद्धि गरिनु अनुपयुक्त भएको भन्दै उनले मूल्य वृद्धिलाई पुर्नर्विचार गर्न भनेका हुन् ।

नेपाल सिमेन्ट उत्पादन संघले हालै सिमेन्टमा प्रति वोरा २० देखी २५ रुपैंयासम्म मूल्य बृद्धि गरेको कुरा सार्वजनिक भएपछि उद्योगमन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापालाई विहीवार उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न निर्देशन दिएका हुन् ।

संघका अध्यक्ष थापाले सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्गरको मूल्य वृद्धि भएका कारण मूल्य बढेको भन्दै उत्पादकहरुसँग छलफल गरी यसमा के कति पुनर्विचार गर्न सकिन्छ भन्ने बिषयमा आगामी आईतवार उद्योग मन्त्रीसँग पुन छलफलमा बस्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ