काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कागजात प्राप्त भएको दशदिनभित्रमा नै एक करोड छयासी लाख पैसठ्ठी हजार पाँच सय रुपैयाँ मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाको स्व.मोतिबहादुर गुरुङ श्रीमति इन्द्र कुमारी शाही गुरुङलाई मुत्यु दावी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले दिएको हो ।
कम्पनीले मृत्यु दाबी भुक्तानीलाई बीमितको घरदैलोमा नै उपलब्ध गराई आम मानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा निर्माण एवं बीमा कम्पनीप्रतिको बिश्वास अभिबृद्धि गर्ने प्रयास स्वरुप सो काम गरेको हो ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको र कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दावी भुक्तानी गर्ने बताए ।
कम्पनीले स्थापनाकालदेखि २०७३ फागुन मसान्तसम्म करिब एक अर्ब ६४ करोड मृत्यूदावी भूक्तानी गरिसकेको छ । कम्पनीको हाल चुक्ता पूँजी तीन अर्ब ९ करोड रहेको छ ।
त्यसैगरी जीवन बीमा कोष करिब ३७ अर्ब र कुल लगानी करिब ४४ अर्ब रहेको छ । चालु आ.व.को फागुन मसान्तसम्म कुल बीमा शुल्क आम्दानी ६ अर्ब ८१ करोड रहेको छ ।
प्रतिक्रिया