काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार किशोर कुमार प्रधानलाई उनले भारी मतले पराजित गर्दै बिजेता भएका हुन् ।
गोल्छाले जिल्ला तथा नगरबाट ६१ मत प्राप्त गरे भने र प्रधानले जिल्ला नगरबाट ४२ मत प्राप्त गरेका छन् । त्यस्तै वस्तुगत तर्फ गोल्छा समुहले ४८ मत ल्याएका छन् भने प्रधानले ५३ मत प्राप्त गरेका छन् ।
यसैगरी महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा भने प्रधान प्यानलबाट निर्वाचनमा उम्मेदवारी दिएका प्रमोद श्रेष्ठ विजयी भए । दिनेश श्रेष्ठलाई पराजित गर्दै उनी विजय हात पारेका हुन् । वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् ।
चन्द्र ढकाल एशोसिएट्स उपाध्यक्षमा निर्विरोध निर्वाचित भए ।
महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने भएकाले बरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा स्वत अध्यक्ष भएकि छिन् ।
प्रतिक्रिया