काठमाडौं । नेपाल धितोपत्र बोर्डले हल्लाको भरमा सेयर बजारमा लगानी नगर्नको लागि आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरी बोर्डले पछिल्ला दिनमा केही सञ्चार माध्यममा अड्कल र अनुमानको भरमा समाचार भइरहेको भन्दै त्यस्ता समाचारका आधारमा लगानी नगर्नको लागि आग्रह गरेको हो ।
पछिल्लो समयमा बजार एकाएक बढेर १७ सय अंक कटेपछि बोर्डले विज्ञप्ति जारी गरेको हो । बोर्डले भनेको छ, ‘कतिपय लगानीकर्ताले अनावश्यक हल्ला गरीरहेको र केहीले सोही हल्लाको भरमा लगानी गरिरहेका छन् तर यसरी हल्लाको भरमा लगानी नगरी सचेत भएर लगानी गर्नुहोस् ।’
धितोपत्रको मूल्य सम्बन्धित कम्पनीको कार्यसम्पादनको स्थिति, लाभांश, हकप्रद धोषणा, व्यवस्थापन परिवर्तन र भावी योजना, देशको आर्थिक अवस्था र लगानीकर्ताको बजार प्रतिको विश्वास आदिले प्रभाव पार्ने बोर्डले जनाएको छ ।
प्रतिक्रिया