काठमाडौं । सानिमा बैंकको बुटवल शाखाले रुपन्देही, मनिग्रामस्थित आत्म शान्ति अनाथ आश्रमलाई सहयोग गरेको छ ।
बैंकको १० औं वार्षिकउत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत आश्रमलाई नगद सहयोग प्रदान गर्नुका साथै खाद्य सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता थियो । सामाजिक दायित्व निर्वाहका लागि यस वर्ष बैंकले ६३ लाख रुपैयाँ छुट्टाएको छ । जुन गत आर्थिक वर्षको खुद नाफाको २.०७ प्रतिशत रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया