वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेलका डिलरहरु आन्दोलित, काठमाडौं ५ वटा वितरकको कार्यालयमा तालाबन्दी

अर्थटुडे
२०७४ बैशाख १०, आईतवार

काठमाडौं । नीजि क्षेत्रको दूर संचार प्रदायक कम्पनी एनसेलका देशभरका डिलरहरु आन्दोलित भएका छन् । सम्झौताको समयावधी बाकी रहदै एनसेल व्यवस्थापन एक्जियटाले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्ष देखि काम गर्दै आएका डिलरहरुलाई खारेज गरेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

पहिलो चरणमा उनीहरुले आइतबार काठमाडौंका वितरक (ड्स्टिीव्यूटर)हरु स्याटलाइट नेपाल प्रालि, डिजिटेक डटकम डट एनपी प्रालि, ओम सोलुसन प्रालि, मोविलन ट्ेड इन्टरनेशनल प्रालि र सिएम ट्ेडिङ इन्टरप्राइजेज प्रालिमा तालाबन्दी गरेका छन् । त्यस्तै पोखरामा खोलिएको एनसेल जोनल एजेन्ट प्राइम एक्सेस प्रालिको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।

‘एनसेल नेपालको सबैभन्दा धेरै ग्राहक संख्या भएको कम्पनी हो एनसेल डिलर्स एसोसिएसनका अध्यक्ष संजयकुमार अग्रवालले भने,  यसलाई यो अवस्थासम्म ल्याई पु¥याउन आम एनसेल सिम प्रयोगकर्र्ताको माया र सद्भावसगै हामी डिलरहरुको ठुलो भूमिका रहेको छ । तर व्यवस्थापनले हामीसँग सम्झौता हुदँ हुदै हामीलाई खारेज गरेको छ । ’
उनले विगतको सम्झौता अनुसार एनसेल व्यवस्थापन अघि नबढे शसक्त आन्दोलनमा उक्रने चेतावनी दिए ।

‘रात दिन, घाम पानी केही नभनी हामी डिलर र हामी मार्फतका च्यानलहरु नेपालका ग्रामिण क्षेत्रका कुना काप्चा देखि लिएर शहरको गल्ली गल्ली सम्म धाएर एनसेललाई चिनाउ लाग्यौ उनले भने, सन् २००५ देखि यो अवधीसम्म व्यवस्थापनसग कुनै पनि बार्गेनिङ नगरि यसको सम्पूर्ण तार्गेटहरु पूरा गरि हामीले यस कम्पनीलाई सहयोग पु¥याउने काम गर्दै आयौ ।

जसको परिणम स्वरुप एनसेल अहिले यो अवस्थामा पुगेको छ । तर एकाएक हामीलाई हटाउदा हाम्रो रोजिरोटी मात्र खोसिएको छैन । यसमा आवद्ध हजारौ कर्मचारीहरु समेत बेरोजगार बनेका छन् ।  यसले हाम्रो आत्मसम्मान र अस्तित्व माथि नै खलल पुर्याउने काम गरेको छ ।’

एनसेलले नेपाल सरकारलाई कर तिर्नुपर्छ भन्ने दबबा दिएकाले संघप्रति पूर्वाग्रही भएर यस्तो निर्णय गरेको हुन सक्ने महासचिव उमेश श्रेष्ठले बताए ।

‘ग्राहकले कर नतिरे सिमकार्ड तथा रिचार्ज कार्ड किन्दैनौ भन्ने गुनासो गरेपछि हामीले एनसेललाई करतिर्न दबाब दियौ तर त्यसको परिणम स्वरुप हामीलाई निषेध गर्न खोजियो उनले भने, कर छल्नकै लागि अनाधिकृत जोनल एजेन्ट मार्फत कारोबार थालेको हुन सक्छ । ’ एनसेलको नेपालभर एकसय ५ वटा डिलर र ५ वटा वितरक रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ