वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैशाख १५ देखि ‘बैंकिङ एक्स्पो’हुने

अर्थटुडे
२०७४ बैशाख ११, सोमबार

काठमाडौं । आगामी बैशाख १५, १६ र १७ गते काठमाडौंको भृकृटीमण्डपमा बैंकिङ एक्सपो हुने भएको छ । कार्यक्रम बारे जानकारी दिने उद्येश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयका उपनिर्देशक विभुप्रसाद अर्यालले नेपालमा पहिलोपटक बैंकिङ एक्स्पो हुन लागेको भन्दै बैंकसम्बन्धि सूचनाका लागि मेला प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सबै बैंकका बारे एकैठाउँमा अध्ययन गर्न सकिने हुँदा यसले बैंकिङ सूचना प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । पत्रकार सम्मेलनमा बैंकर्स संघका कार्यसमिति सदस्य अशोक शेरचनले बैंकिङ क्षेत्रका बारे बुझ्न, जान्न र बैंकिङ कर्जाबाट उद्यमी बन्नका लागि यो महत्वपूर्ण अबसर भएको बताए ।

उनले बैंकका नयाँ स्कीम एवं नयाँ प्रविधिबारे पनि तिनदिने मेलामा जानकारी गराइने उल्लेख गरे । बैंक, शेयर बजार र बीमाको एकै ठाउँमा सूचना प्राप्ति हुने हुँदा उद्यमशिलतामा लाग्न चाहानेका लागि बैंकिङ एक्सपो निकै उपयोगी हुने शेरचनले बताए । पत्रकार सममेलनमा डेभलपमेन्ट बैंकर्स एशोसियसनका प्रथम उपाध्यक्ष राजेन्द्र पौडेलले बर्तमान अबस्थामा बैंकिङ क्षेत्र नै अर्थतन्त्रको संबाहक भएको भन्दै यस कार्यक्रमले देशमै केही गर्छु भन्नेका लागि धेरै फाइदा पुग्ने बताए ।

उनले बैंकिङ पहुँच र वित्तीय चेतना अति महत्वपूर्ण भएको भन्दै यसबारे धेरै कुरा जानकारी लिन यो कार्यक्रम सार्थक हुने उल्लेख गरे । त्यसैगरी माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकर्स संघका कार्यबाहक अध्यक्ष रामचन्द्र जोशीले पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रम बैंक र शेयर बजारमा प्रभावकारी हुने अपेक्षा गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ