काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको आधार ६ खर्व नाघ्ने भएको छ । राष्ट्रिय योजना आयोगले ५ खर्व ९६ अर्वको सिमा (सिलिङ) दिएपनि सभासद्हरुको ५ करोडको मागलाई सम्बोधन गर्दा बजेटको आकार बढ्ने देखिएको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड दिने लागिएको छ ।
प्रत्येक सभासद्हरुलाई ५\५ करोड नदिए बजेट पास नगर्ने चेतावनी दिएपछि अर्थमन्त्रालयले अन्तिम समयमा आएर निर्वाचन क्षेत्रलाई उक्त रकम दिन लागेको हो । उक्त रकमले राज्यले १२ अर्व रुपैयाँ थपिनेछ । यसबाहेक अरु नयाँ कार्यक्रम पनि थपिएकाले बजेटको आकार ६ खर्व १० अर्व भन्दा बढी हुने अर्थ स्रोतले जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि ६.७ प्रतिशत आर्थिक वृद्धीको लक्ष्य राखेको छ । यसका लागि लगानी प्रवद्धर्न गर्ने सरकारको उच्च प्राथमिकता रहेको छ ।
आगामी आवको बजेट आईतबार आउदैछ ।
प्रतिक्रिया