वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्ट्यान्डर्ड चार्टर्डको एफपिओ बाँडफाँड यसै साता

अर्थटुडे
२०७४ बैशाख १९, मंगलवार

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निश्कासन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ) को बाँडफाँड यसैसाताभित्र गर्ने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार विहिबार वा शक्रबार बाँडफाँट गर्ने तयारी छ ।

नेपाल धितोपत्र बोर्डले बैंकका सेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई अघिल्लो शुक्रबार पत्र लेखेरै सार्वजानिक निष्कासनको बिक्री बन्द भएको ५० दिनभित्रै बाँडफाँट गर्न निर्देशन दिएको थियो ।

बैंकले चैत १ देखि ४ गतेसम्म २५ लाख ५८ हजार १४० कित्ता सेयर निष्काशनका लागि आवेदन लिएको थियो । १०० रुपैयाँ अंकित सेयरमा ११ सय ९० प्रिमियम थपगरी प्रतिकित्ता १२ सय ९० रुपैयाँ तोकिएको छ ।

जसमा करिब दुई लाख २५ हजार लगानीकर्ताबाट ३८ अर्बको आवेदन परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ