काठमाडौं । बैशाख महिनामा मात्र ९ वटा कम्पनीहरुको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डमा बैशाख ५ गते तीनवटा कम्पनीले, बैशाख ११ गते तीन वटा र १९ गते तीनवटा कम्पनीले बोर्डमा बोनस सेयर दर्ता गराएका हुन् ।
नेपाल धितोपत्र कोर्डका अनुसार ति कम्पनीहरुले साधारणसभाबाट बोनस सेयर पारित गराएर बोर्डमा दर्ता गराएका हुन् । बोर्डको तथ्यांक अनुसार सेवा विकास बैंकले १९%, काक्रेविहार विकास बैंक १९% किसान माइक्रो फाइनान्स वित्तिय संस्था ६१% जोविल्स फाइनान्स १२.५०% बोनस सेयर बोर्डमा दर्ता भएको छ ।
त्यस्तै एभरेष्ट बैंक ७०% मेगा बैंक नेपाल १३.२५% कामना विकास बैंक २१.५८% र प्राइम कमर्सियल बैंकको १७.२५% बोनस सेयर पनि बोर्डमा दर्ता भएको छ ।
प्रतिक्रिया