वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाफियाका कारण पद छोड्दै बैंक र बिमा कम्पनीका संचालक

अर्थटुडे
२०७४ जेष्ठ ३, बुधबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन (बाफिया) कार्यान्वयमा आएसँगै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका संचालकहरुले धमाधम पदबाट राजिनामा दिन थालेका छन् । संवैधानिक पदमा बसेको व्यक्ति, बैंक र बिमा कम्पनी दुवैमा संचालक बस्न नहुने लगायतका प्रावधानका कारण धेरै संचालकहरुले राजिनामा दिएका हुन् ।
बाफिया राष्ट्रपतिले प्रमाणिकरण गरेयता मात्र एक दर्जन संचालकहरुले एक दर्जनले बैंक छाडेका छन् ।

विधेयक पारित भएपश्चात सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले पदबाट राजीनामा दिएका छन् । तामाङपछि सिभिलमा अम्बिर बोगटीलाई अध्यक्ष बनाइएका छ  । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले पनि बैंक छाडेका छन् भने बैंकमा कार्यवाहक सिइओको जिम्मेवारी गोविन्द गृुरुङलाई दिइएको छ ।

यसैगरी प्रभु बैंकबाट सञ्चालक कुुसुम लामा राजीनामा दिएकी छिन् भने प्रभु इस्योरेन्सको अध्यक्षबाट देवी प्रकाश भट्टचनले राजिनामा गरेका छन् । प्रभुु बैंकका सञ्चालक समिति अध्यक्ष रहेको भट्टचन प्रभुु इन्स्योरेन्समा समेत अध्यक्ष रहेका थिए । भट्टचनले इन्स्योरेन्सबाट राजीनामा दिएपनि लामा अध्यक्ष बनेकी छिन् ।
यसैगरी माछापुुच्छ«े बैंकका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले पनि राजीनामा दिएका छन् । उनी सांसद् हुन् । महतोको राजीनामापश्चात् माछापुुच्छे«ेमा रोशन केसी अध्यक्ष भएका छन् । बाफिया अनुसार प्राइम कमर्सियल बैंकका अध्यक्ष उमेश श्रेष्ठले पनि राजीनामा दिएका छन् । आईसीएफसी फाइनान्सका प्रमुुख कार्यकारी अधिकृत रामबाबुु पन्तले पनि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

संशोधित बाफियाअनुुसार एउटै व्यक्ति दुुई संस्थामा रहन नपाउने भएपछि पन्तले राजीनामा दिएका हुुन् । पन्तको राजीनामापश्चात अहिले सूर्यामा केशवप्रसाद भट्टराई अध्यक्ष बनेका छन् । एनआईसी एसिया बैंकमा सञ्चालक रहेका रामबाबुु प्याकुरेलले पनि सूर्या लाइफबाट राजीनामा दिएका छन् । प्याकुरेल सूर्यामा पनि सञ्चालक रहेका थिए ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा अध्यक्ष रहेका रहेका मनोहर दास मुुलले पनि पनि एनआईसी एसिया बैंकको सञ्चालक पदबाट राजीनामा दिएका छन् ।

यसबाहेक नेपाल क्रेडिट एण्ड कमर्स बैंकका सञ्चालक मोहनबहादुुर बस्नेत, जनता बैंकका सञ्चालक उदय नेपाली श्रेष्ठले पनि राजीनामा दिनुुपर्ने भएको छ ।

यसैगरी बाफिया कार्यान्वयमा लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट संचालकहरुको विवरण समेत मागेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ