वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक करोड ३२ लाख ४५ हजार कित्ता सेयर एफपीओ बजारमा आउँदै

अर्थटुडे
२०७४ जेष्ठ ८, सोमबार

काठमाडौँ । विभिन्न पाँच कम्पनीले एक करोड ३२ लाख ४५हजार ९५ कित्ता सेयर थप साधारण सेयर (एफपीओ) जारी गर्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार प्रिमियर इन्सुरेन्स कम्पनीले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर एफपीओ जारी गर्ने भएको छ । त्यस्तै शिखर इन्सुरेन्स कम्पनीले १३ लाख ६२ हजार ७८१ कित्ता, पोखरा फाइनान्स ९ लाख ८३ हजार ६८२ कित्ता सेयर एफपीओ जारी गर्न लागेका हुन् ।

त्यस्तैगरी बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता र बैंक अफ काठमाडौँले ६१ लाख ५८ हजार ६७ कित्ता सेयर एफपीओ जारी गर्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ