काठमाडौं । सरकारले आर्थिक वर्ष २०७१÷७२ को बजेट आज अपरान्ह ४ बजे संसदमा प्रस्तुत गर्दै छ । राष्ट्रिय गौरवका आयोजनाहरुलाई नै महत्व दिई ल्याउन लागिएको बजेटमा ठूला पूर्वाधार परियोजनाहरुको लगानी विस्तार गर्ने गरी ६ अर्व भन्दा माथिको बजेट ल्याउन लागिएको अर्थमन्त्रालयले जनाएको ।
राष्ट्रिय योजना आयोगले ५ अर्व ९६ अर्वको सिलिङ दिएपनि अन्तिम समयमा बजेटको मागमा आएको बृद्धिका कारण ६ अर्व भन्दा माथिको बजे ल्याउने तयारी अर्थमन्त्रालयले गरेको हो ।
बजेटले स्थानीय विकास, उर्जा स्वस्थ शहरी विकास,सिचाँइ लगायतका विकासका कार्यक्रमहरुमा सम्बन्धीत मन्त्रालयले सिलिङ भन्दा बढी रकम माग गरेको हुनाले बजेटको आकार बढेको बताइएको छ । बजेट मार्फत विभिन्न समस्याको सम्बोधन गरी आर्थिक बृद्धिद्धर ६ प्रतिशत पुर्याउने लक्ष्य सरकारले लिएको छ ।
बजेट सरकारका तर्फबाट अर्थमन्त्री डा. रामशरण महतले संसदमा प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया