काठमाडौं । ग्लोबल आईएमई बैंकले साधारण सेयर जारी गर्ने भएको छ । बैंकको विषेश साधारणसभाले सर्वसाधारणको सेयर स्वामित्व बढाउन थप सेयर जारी गर्ने निर्णय गरेको हो ।
ग्लोबल र कमर्ज एण्ड ट्रस्ट बैंक मर्ज भएपछि बैंकमा संस्थापकको ७०.६० र सर्वसाधारणको २९.४० प्रतिशत सेयर स्वामित्व कायम छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंकले कुल चुत्ता पुँजीको न्युनतम ३० प्रतिशत सर्वसाधारणलाई दिनुपर्ने प्रावधान छ ।
छ अर्व पूँजी कोष रहेको ग्लोबल आइर्एमई बैंकको झण्डै ५० अर्व निक्षेप तथा ४१ अर्व कर्जा लगानी रहेको छ। त्यस्तै १ सय २० भन्दा बढि सेवा सञ्जालहरु मार्फत बैंकले सेवा प्रदान गर्दे आइएरहेको छ।
प्रतिक्रिया