काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार परिसुचक (नेप्से) मंगलबार भने थोरै अंकले उकालो लागेको छ ।
यसदिन नेप्से ४.६३ अंकले उकालो लागेर १५८५.१५ अंकमा अडिएको छ । त्यस्तै यसदिन बैंकिङ ३.६३, होटल १७.७९, विकास बैंक २.०७, जलबिद्युत १३.३२, फाईनान्स १.४४, बीमा १४.६९ र अन्य ८.१ अंकले बढेको उकालो लागेको छ भने उत्पादन मुलक समुह भने ७.६३ अंकले घटेको छ ।
मंगलबार १४३ कम्पनीको नौ लाख १८ हजार कित्ता सेयर ४९ करोड रुपैयाँमा कारोबार भएको छ । यसदिन सबैभन्दा बढी कारोबार हुने कम्पनीमा एभरेष्ट बैंक,,स्ट्यान्डर्ड चाटर्ड बैंक रहेको छ । मंगलबार सबैभन्दा बढी कमाउनेमा वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी रहेको छ भने सबैभन्दा बढी गुमाउनेमा हिमालयन डिस्टिलरी रहेको छ ।
प्रतिक्रिया