वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन पावरको आइपीओमा ८ अर्ब भन्दा बढीको आवेदन, सबैले १० कित्ता पाउने पक्का

अर्थटुडे
२०७४ असार ६, मंगलवार

काठमाडौं ।  हिमालयन पावर पार्टनरको आइपीओमा ८ अर्ब २० करोड ८३ लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । यस कम्पनीको सेयरमा १ लाख ५९ हजार ७०७ जनाले सेयर आवेदन भरेका छन् । जसमा आस्वाबाट मात्रै १ लाख ८ हजार ५८० जनाले ६ अर्ब २७ करोड ९८ लाख १४ हजार ६०० रुपैयाँ बराबरको आवेदन भरेका हुन् ।

यसैगरी, परम्परागत संकलन केन्द्रबाट पनि ५१ हजार १२७ जनाको १ अर्ब ९२ करोड ८४ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आवेदन परेको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई दिइएको सेयरलाई छुट्याउँदा ४१.४२ गुणाभन्दा बढीको सेयर आवेदन परेको देखिन्छ । अझै अन्तिम विवरण आउन बाँकी रहेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । यसआधारमा आवेदन संख्या र रकम थप बढ्न सक्ने देखिन्छ ।

कम्पनीले असार १ देखि ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यस आधारमा सर्वसाधारणले १९ लाख ८१ हजार ६७५ कित्ता मात्र भर्न पाएका हुन् । यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।

हाल हिमालयन पावरको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २०५ सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि जारी पुँजीको १०५ सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरिसकिएको छ । यसमा संस्थापक सेयरधनीको स्वामित्व ७०५ छ ।

हिमालयन पावर पार्टनरको आइपीओमा हरेक आवेदकले कम्तीमा १० कित्ता सेयर पाउने भएका छन् । धितोपत्र बोर्डले साउन १ गतेदेखि अनिवार्यरुपमा आस्वा प्रणाली लागू गर्दै सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर दिने प्रावधान लागू गरेको छ । हिमालयन पावरले असार महिनाभित्र सेयर बाँडफाँट गर्न सम्भव नभएकाले सबैलाई सेयर दिनुपर्ने बाध्यता हुनेछ । तर हिमालयनले असार महिनाभित्र सेयर बाँडफाँट गर्न सक्ने देखिंदैन । साउन पुग्ने भएपछि धितोपत्र बोर्डको नयाँ नियम आकर्षित हुनेछ । यसआधारमा न्यूनतम सबैलाई १० कित्ता दिनुपर्ने भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ