काठमाडौं । सरकारले आर्थिक वर्ष २०७१÷७२ को बजेट मार्फत सरकारले सुर्तिजन्य पदार्थका साथै विलासी बस्तुको भन्सार दर बढाएको छ । यस बजेटमा सुपारी, चुरोट,क्लीङकर,ग्यास रेगुलेटर,गाडीमा प्रयोग हुने आसन, गाडीको पाटपुर्जा, घुम्ने मेच, गद्धादार आसनको आयातमा ५ देखि २५ प्रतिशतसम्म भन्सारदर बढेको छ ।
त्यसैगरी प्लास्टिक वा रवरका बाहिरी तलुवा र हिल रेडार उकरणको भन्सार मुल्य भने घटेको छ । रेडार उपकरणको भन्सार १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ ।
त्यस्तै अम्रिसो,रुद्राक्षको दाना, उखुको छोक्र्रा सिलिका बालुवा र गिटी तथा बालुवा खयर लगायत निकासीलाई प्राथमिकता दिई त्यस्तो निकासी गर्दा लाग्ने भन्सार हटाएको छ । सरकारले बजेट मार्फत स्वदेशमा पाइने बस्तुको खपत बढाउनका लागि औद्योगिक उत्पादनमा प्रयोग हुने इथालिन, ग्यलाइकोलर, टेरिप्याथेलिक एसिड र यसका लवण आयातमा प्रतिबन्ध लगाएको छ ।
माछा पालनमा आकर्षित गराउनका लागि सरकारले माछालाई दाना खुवाउने अटोमेटिक फिडर र लुगा सिउने इन्टरलक मेसिनको आयातमा छुट दिएको छ । मोवाइल सेट आयात निरुत्साहित गर्नका लागि इक्विपमेन्ट आइडेन्टिटी रिजष्टर सिस्टम बनाउने घोषणा गरेको छ ।
सरकारी कर्मचारीहरुलाई स्थायी लेखा नम्वर लिनका लागि अनिवार्य गरिएको छ भने लगानी तथा प्रविधि हस्तान्तरण सम्भावना भएका मुलुकसँग दोहोरो करमुक्ति दिने पनि बजेटमा राखिएको छ । कन्टेनर मार्फत ढुवानी गर्ने,तातोपानी नाकाबाट हुने तिव्वत निकासीलाई सरलीकरण गन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा शिलछापको व्यवस्था मिलाईने पनि बजेटमा उल्लेख गरिएको छ ।
विदेशी नागरिकले ५ हजार भन्दा माथिको अमेरीकी डलर साथमा ल्याएमा भन्सार विन्दुमा घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । पर्यटन तथा यातायात विकासका लागि केवलकार निर्माण गर्ने उद्योगले केवल तयारी क्याव तथा त्यसको स्टिल पातामा लाग्ने भन्सार शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । बार्षिक ५ करोडको कारोबार गर्ने करदाताले सम्पुर्ण विवरण काठमाडौंस्थित करदाता कार्यालयमा दाखिला गर्नुपर्ने छ ।
प्रतिक्रिया