काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि उक्त सेयर निश्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित दोलखाका आयोजना प्रभावित सर्वसाधारणलाई छुट्याएको दुई लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।
कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
नेपाल हाइड्रोले ३ हजार ५२० किलोवाटको चर्णवति हाइड्रोपावर सञ्चालन गर्दै आएको छ भने ६ हजार ८०० किलोवाटको लोवर चर्णवतिमा लगानी गर्ने योजना बनाएको छ ।
कम्पनीको संस्थापक सेयरधनीमा ज्ञानेन्द्रलाल प्रधान, पशुपति मुरारका, देव किसन मुन्दरा, आनन्दप्रसाद पोखरेललगायत छन् ।
प्रतिक्रिया