वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चालु आर्थिक बर्षको सुरुवातमा हरियो भयो नेप्से, मंगलबार ३४ अंकले बढ्यो बजार

अर्थटुडे
२०७४ श्रावण ३, मंगलवार

काठमाडौं । आर्थिक बर्ष सुरु भएको दोस्रो दिन मंगलबार सेयर बजार परिसुचक (नेप्से) ३४.२६ अंकले उकालो लागेको छ । यसदिन अन्य समूहगत उपसुचक पनि उकालो लागेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै गत वर्ष आर्जन भएको कमाईको विवरण सार्वजनिक गर्नेक्रम पनि सुरु भइसकेको छ । अब धमाधम सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुन थाल्नेछ । यसले बजारलाई अझै उचाईमा पुर्याउने अपेक्षा गर्न सकिन्छ ।

मंगलबार बैकिङ २७.२५, होटल ६१.५२, विकास बैंक २५.२, जलविद्युत ३८.९९, फाइनान्स ५.९५ बिमा ४१६.६३, उत्पादनमूलक २०.७२ र अन्य ०.५८ अंकले उकालो लागेको छ । मंगलबार दिनभर कारोबार पनि बढेको छ । दिनभर एक अर्ब २१ करोड बराबरको कारोबार भएको छ ।

यसदिन नेपाल लाइफ इन्सुरेन्स, फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स,नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर,नविल बैंकको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार भएको छ । मंगलबार हिमालय डिष्ट्रीलरी, एनबी इन्सुरेन्स,कुबेर मर्चेन्ट फाइनान्सले करिब १० प्रतिशतको हाराहारीमा कमाएका छन् । बजार उकालो लाग्दा पनि ओम डेभलपमेन्ट बैंकले भने १० प्रतिशतको हाराहारीमा गुमाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ