वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिमा कम्पनीहरुले २ अर्वभन्दा बढीको बोनस र हकप्रद जारी गर्दै

अर्थटुडे
२०७४ श्रावण ४, बुधबार

काठमाडौं । बिमा कम्पनीहरुले तोकिएको चुक्तापुँजी पुर्र्याउन २ अर्व भन्दा बढीको हकप्रद तथा बोनस सेयर जारी गर्ने भएका छन् । बिमा समितिमा पुँजी वृद्धि योजनामा उनीहरुले यस्तो योजना सार्वजनिक गरेका हुन् ।

समितिमा हालसम्म १२ वटा बिमा कम्पनीले पुँजी वृद्धि योजना बुझाएका छन् । जसमध्ये नौवटा निर्जीवन बिमा कम्पनी छन् । योजना पेस गरेका जीवन बिमा कम्पनीमध्ये एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आव ०७३र७४ मा ६० करोड ४२ लाख रुपैयाँको हकप्रद सेयर र आव ०७४र७५ मा १८ करोड ७४ हजार बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ ।
समितिका अनुसार आव ०७२र७३ सम्ममा कम्पनीको चुक्ता पुँजी ८० करोड ५६ कायम छ । आव ०७२\७३ मा कम्पनीले ४० करोड २८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गरेको थियो । समितिले गत चैतमा बिमक सञ्चालन तथा दर्तासम्बन्धी निर्देशिका जारी गर्दै बिमकहरूको चुक्ता पुँजी तोकेको थियो । जसअनुसार जीवन बिमा कम्पनीहरूले ०७५ असार मसान्तसम्ममा २ अर्ब पुर्याउनु पर्नेछ ।

त्यसका लागि हाल कम्पनीहरूले योजना मात्रै पेस गरेको समितिका उपनिर्देशक दिनेशलाल कर्णले बताए । “कम्पनीहरूको वित्तीय विवरण स्वीकृत भएपछि मात्रै बोनस र हकप्रदको अन्तिम निर्णय हुन्छ,” उनले भने ।
त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको भने आव ०७२र७३ सम्ममा ५५ करोड चुक्ता पुँजी कायम छ । कम्पनीले समितिमा बुझाएको योजनाअनुसार आव ०७३र७४ मा ६ करोडबराबरको बोनस र १ अर्ब  ५ करोडबराबरको हकप्रद जारी गर्ने योजना बनाएको छ । कम्पनीले आब ०७२र७३ मा ४ करोड ४० लाखको बोनस र २९ करोड ७० लाखको हकप्रद सेयर जारी गरेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको भने आव ०७२र७३ सम्ममा चुक्ता पुँजी ६२ करोड ५ लाख पुगेको छ । कम्पनीले आव ०७३र७४ मा १० करोड १ लाखबराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । आव ०७२र७३ मा कम्पनीले ६ करोड ५६ लाखको बोनस र २८ करोड ८८ लाखको हकप्रद सेयर  जारी गरेको थियो । कम्पनीले पेस गरेको योजनाअनुसार अझै पनि ८८ करोड ८३ लाख अपुग देखिएको छ । त्यसैले कम्पनीले एफपीओ र हकप्रद सेयर जारी गर्ने तथा विदेशी कम्पनीसँग समन्वय गर्ने योजना बनाएको आजको कारोबार दैनिकमा समाचार छ

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको भने २०६९ सालदेखि नै वित्तीय विवरण समितिबाट स्वीकृत भएको छैन । त्यसैले कम्पनीले विवरण स्वीकृत भइसकेपछि कम्पनीको नाफा र शेयरधनी कोषको अवस्था हेरेर पुँजी वृद्धिको योजना तयार पारिने बताएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी २ अर्ब पु¥याइसकेको छ ।

पुँजी पु¥याउन बाँकी रहेका अन्य चार कम्पनीे भने समितिमा कार्य योजनासमेत बुझाएका छैनन् । जसमध्ये राष्ट्रिय बिमा संस्थानको १२ करोड ९३ लाख रहेको छ । समितिले तोकेको चुक्ता पुँजी पु¥याउन कम्पनीले अझै १ अर्ब ८७ करोड थप गर्नुपर्नेछ ।

त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख पुगेको छ । कम्पनीले अझै करिब ६८ करोड रुपैयाँ थप गर्नुपर्ने देखिन्छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० को भने १ अर्ब ६ करोड चुक्ता पुँजी कायम छ । कम्पनीले अझै ९४ करोड पुँजी थप गर्नुपर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ