वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनलाईन लर्निङ प्लटफर्म ई—ज्ञानकुञ्ज सुरु, पढाइदेखि जागिरका लागि प्रयोग गर्न सकिने

अर्थटुडे
२०७४ श्रावण १०, मंगलवार

काठमाडौं । नेपालमा पहिलो पटक अनलाईनमार्फत विभिन्न सिपमुलक विषयहरु अध्ययन गर्न सकिने अनलाईन प्लेटफर्म ई—ज्ञानकुञ्ज संचालनमा आएको छ । ट्रान्स न्यूरोन टेक्नोलोजी बैग्लोरसँगको सहकार्यमा ई—ज्ञानकुञ्ज इडियु सिस्टम प्रा.ली.ले नेपालमा यसको सुरुवात गरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रममा ट्रान्स न्यूरोन टेक्नोलोजी बेग्लोर संस्थापक प्रमुख कार्यकारी अधिकत शिवम् शर्मा ई—ज्ञानकुञ्ज इडियु सिस्टमका प्रमुख कार्यकारी अधिकृत सुवोध त्रिपाठीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

ई—ज्ञानकुञ्ज अनलाईनमार्फत विभिन्न कोर्षहरु पढाउने अनलाईन प्लेटफर्म हो । जसमार्फत विद्यार्थीले जुनसुकै बेला जुनसुकै स्थानबाट अध्ययन गर्नुका साथै प्राक्टिकल समेत गर्न सक्नेछन् । यसैगरी यस प्लेटफर्ममार्फत नै विश्वविद्यालय, कलेजहरुले आफ्नो कोर्षहरु संचालन गर्न सक्ने र कम्पनीहरुले आफुलाई आवश्यक दक्ष जनशक्तिसमेत खोज्न सक्नेछन् ।

भारतमा विश्वविद्यालको कोर्षदेखि सिपमुलक पठाइ र आफनो करियर विकासका लागि आवश्यक सिप सिक्न लोकप्रिय भइरहेको अनलाईन प्लेटफर्म नेपालमा समेत आवश्यक भएकाले यसको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

“यो प्लेटफर्मबाट कलेज, विश्वविद्यालयका साथै कर्पोरेट हाउसका लागि समेत उपयोगी छ” ट्रान्स न्यूरोन टेक्नोलोजी सिइओ शर्माले भने, “यसमार्फत विभिन्न कोर्षको अध्यापन गराउनका साथै कम्पनीहरुलाई कर्मचारीको लागि तालिम र उपयुक्त कम्पनी खोज्न समेत छिटो र सजिलो हुन्छ ।”

भारतमा यो प्लटफर्ममा ५० हजार विद्यार्थीहरुले विभिन्न कोर्षहरु पढिरहेका छन् । यसैगरी ५० भन्दा बढी कलेजका साथै आइवीएम, सिएससीलगायतका ५०० भन्दा भन्दा बढी कम्पनीले कर्मचारी छनोट गर्न र तालिम दिन यो प्लटफर्म प्रयोग गरिरहेको शर्माले जानकारी दिए । यसैगरी टेलिकम सेन्टर सिल्क काउन्सिल अफ इन्डिया र आन्ध्र प्रदेश तथा कर्नाटक राज्य सरकारले समेत यो प्लटफर्म प्रयोग गरिरहेको छ ।

ट्रान्स न्यूरोन टेक्नोलोजीसँगको सहकार्यमा नेपालीका लागि आइटीसम्बन्धी विभिन्न कोर्ष सुरु गरिएको प्लेटफर्ममार्फत अध्ययन गर्ने नेपाली विद्यार्थीले भारतिय कम्पनीमा इन्टरशिप जागीरको अवसर समेत प्राप्त हुने ई—ज्ञानकुञ्ज सिइओ सुवोध त्रिपाठीले बताए । कम्पनीले यसै वर्ष नेपाली विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा अन्तिम वर्षका १० जना विद्यार्थी छनोट गरी अनलाईन प्लटफर्ममार्फत अध्ययन गराइ उनीहरुलाई भारतिय कम्पनीमा इन्टरशिप\जागिरको अवसर दिने वा नेपालमै इनोभेटिभ विजनेश सुरु गर्न चाहेमा समेत भारतिय कम्पनीबाट लगानीको सहकार्यका गर्ने अवसर दिलाउने उनले घोषणा गरे ।

यसैगरी कम्पनीले विस्तारै नेपाली युवा र बजारको आवश्यक्ता अनुसारका जनशक्ति उत्पादन गर्ने कोर्ष संचालन गर्ने र यसलाई सिटिइभिटिबाट मान्यता दिलाउने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ