काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०७३ ७४ मा एक अर्व ३२ करोड नाफा कमाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ३३ प्रतिशतले नाफा बढेको देखिएको छ । अघिल्लो आवमा बैंकले ९९ करोड ६० लाख नाफा गरेको थियो ।
०७४ असारसम्म बैंकले ५७ अर्व ७५ करोड निक्षेप संकलन गरी ५१ अर्व २५ करोड कर्जा लगानी गरेको छ ।
गत आवमा बैंकले व्याजबाट २ अर्व ९४ करोड, शुल्क कमीशनबाट १५ करोड, विदेशी मुद्राको कारोबारबाट १९ करोड र अन्य सेवाबाट ३० करोड आम्दानी गरेको छ ।
प्रतिक्रिया