काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेप्से परिसुचक ओरालो लागेको छ । मंगलबार नेप्से परिसुचक ३.२५ अंकले घटेर १०२५.६९ अंकमा पुगेको छ । मंगलबार जलविद्युत र विमा समूहबाहेक अन्य सम्पुर्ण समूहको नेप्से परिसुचक ओरोलो आगेको छ ।
बजेट सार्वजनिक भएपछि लगानीकर्ताहरु उत्साहित हुनेमा सवैले अनुमान गरेपनि बजेटले लगानीकर्तालाई भने उत्साहित बनाएन । मंगलबार ११ लाख ९६ हजार ६२४ कित्ता सेयर ५९ करोड ९४ लाख २ हजार ७७४ रुपैयाँ बरारबको कारोबार भएको छ ।
प्रतिक्रिया