वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साढे ५ लाख कित्ता आईपीओ र एफपीओ आउदै

अर्थटुडे
२०७४ श्रावण १५, आईतवार

काठमाडौं । सेयरमा लगानीगर्ने सोच बनाउनु भएको छ भने बजारमा छिट्टै करिब साढे ५ लाख बराबरको नयाँ सेयर आउने भएको छ । साधारण निश्कासन  (आईपीओे)  र थप साधारण निश्कासन (एफपीओ) मार्फत २ दर्जन कम्पनीले ५ करोड ३८ लाखभन्दा बढी कित्ता शेयर निश्कासनको तयारी गरेका हुन् । यसमध्ये  ३ करोड ३५ लाखभन्दा बढी कित्ता आईपीओे र २ करोड ३२ लाखभन्दा बढी कित्ता एफपीओ रहेका छन् ।

शेयर निष्कासनको तयारीस्वरूप २१ कम्पनीमध्ये १९ ले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् भने दुई कम्पनीले स्वीकृति पनि पाइसकेका छन् । स्वीकृति पाएका कम्पनीहरू पोखरा फाइनान्स र नेपाल हाइड्रो डेभलपर लिमिटेड हुन् ।

हालसम्म सेबोनले २१ कम्पनीको आईपीओे र एफपीओ गरी रू. १२ अर्ब ७४ करोड ६ लाख ५५ हजार ९ सय ६६ बराबरको ५ करोड ४१ लाख ६६ हजार ३ सय ३२ कित्ता शेयर निष्कासनको स्वीकृति प्रदान गरिसकेको छ । स्वीकृति पाएका पोखरा र नेपाल हाइड्रो डेभलपरले शेयर निष्कासन गर्न बाँकी छ । पोखरा फाइनान्सले प्रतिकित्ता न्यूनतम रू. १ सयमा रू. १ सय २० प्रिमियम थप गरी रू. २ सय २० मूल्यमा ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्कासनका लागि असार १५ मै स्वीकृति पाएको हो भने नेपाल हाइड्रो डेभलपर लिमिटेडले सर्वसाधारणका लागि ३ लाख ९० हजार कित्ता आईपीओे निष्कासनको स्वीकृति पाएको छ ।

शेयर निष्कासनको तयारीमा रहेका १९ कम्पनीमध्ये पाँच कम्पनीहरू प्रिमियर इन्स्योरेन्स, बुटवल पावर, बैङ्क अफ काठमाण्डू, नेपाल ग्रामीण विकास बैङ्क र एनएमबी बैङ्कले एफपीओ र अन्य १४ कम्पनीले आईपीओे निष्कासनको अनुमति मागेका हुन् । आईपीओे ल्याउने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीले गरेका छन् । आईपीओे ल्याउने तयारी गरेका १४ कम्पनीमध्ये १२ जलविद्युत् कम्पनी छन् । १२ जलविद्युत् कम्पनीमध्ये साञ्जेन जलविद्युत् र रसुवागढी हाइड्रोपावरले कर्मचारीका लागि मात्र आईपीओे ल्याउने तयारी गरेका छन् भने राधी विद्युत् कम्पनीबाहेक अन्यले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओे जारी गर्न लागेका हुन् । राधीले भने सर्वसाधारणका लागि आईपीओे जारी गर्नेछ । आईपीओे जारी गर्ने तयारीमा रहेका अन्य दुई भने लघुवित्त कम्पनी छन् ।

सेबोनमा आवेदन दिएका हाइड्रो कम्पनीहरुमा आँखुखोला जलविद्युत कम्पनीले ८ लाख, गजाङ उपत्यका हाईड्रोले २ लाख, सुभम् पावरले २ लाख, जोशी हाईड्रोले ३ लाख ७१ हजार ४ सय कित्ता आइपिओ जारी गर्न लागेका हुन् ।
यस्तै साञ्जेनको ८७ लाख, रसुवागढीको १ करोड ६४ लाख २१ हजार ४० कित्ता, पञ्चकन्याको ११ लाख, राधिको ७ लाख ६४ हजार ५५०, लाफिङ बुद्ध पावरको ९ लाख ७८ हजार, यूनिक हाइड्रोको ५ लाख ५० हजार, सीइडीबी हाइड्रो फण्डको २२ लाख ८९ हजार ३००, कालिका पावरको ६ लाख र नेपाल हाइड्रो डेभलपरको ३ लाख ९० हजार कित्ता आइपिओ बजारमा आउदैछ । यसबाहेक सर्पोट माइक्रोफाइनान्सको १ लाख ८० हजार, पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता आइपिओ आउदैछ ।

यसैगरी एफपीओ जारी गर्न लागेका ५ कम्पनीहरुमा प्रिमियर इस्योरेन्सले ६ लाख ५९ हजार ५६५ कित्ता, बुटवल पावरले ४० लाख ८१ हजार कित्ता, बैंक अफ काठमाण्डुको ६१ लाख ५८ हजार ६७ कित्ता, ग्रामीण विकास बैंकको ९ लाख ७५ हजार कित्ता र एनएमबी बैैंकको १ करोड १४ लाख १५ हजार १६३ कित्ता जारी गर्न बोर्डमा निवेदन दिएका छन् ।

सेबोनले धितोपत्र खरीदका लागि आस्बा प्रणाली लागू गरेसँगै यी शेयरको खरीदका लागि झनै सहज हुनेछ । साथै, आईपीओेमा अनिवार्य १० कित्ताले साना लगानीकर्ताको ध्यान तान्ने देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ