काठमाडौं । फष्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैकले लिलामीमा राखेको साढे ११ लाख कित्ता सेयरका लागि आजबाट आवेदन खुल्ला गरेको छ ।
कम्पनीले वैशाख २८ देखि जेठ ३१ गतेसम्म बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको ११ हजार ६ सय २६ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । उक्त सेयरका लागि साउन २२ गते कार्यालय समय दिनको ३ बजेभित्र ग्लोवल आइएमई क्यापीटल जमलमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनछ ।
बोलकबोल गर्दा न्यूनतम रू. सय कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर सङ्ख्याको लागि कुनै हद राखेको छैन । साथै, रू.१० लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रूपमा आफ्नो प्यान नं. आवेदन फारममा उल्लेख गर्नुपर्नेछ । सवैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी कबोल गर्नलाई बिक्री गर्ने व्यवस्था कम्पनीले गरेको छ ।
प्रतिक्रिया