काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले ४० प्रतिशत हकप्रद सेयरका लागि आवेदन खुल्ला गरेको छ । बैंकले असार २६ गतेसम्म कायम भएका सेयरधनीका लागि १० बरारब ४ को अनुपातमा सेयर जारी गर्न लागेको हो ।
एक सय रुपैयाँ अंकित ५४ हजार २५७ कित्ता हकप्रदका लागि सेयरधनीले आवेदन दिन पाउनेछन् । सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले पनि आवेदन दिन सक्नेछन् ।
हकप्रदका लागि बैंकका सबै शाखा र बिक्री प्रवन्धक सिभिल क्यापिटलको केन्द्रीय कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
हाल ४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ पुँजी रहेको बैंकको ४० हकप्रद जारी भएपछि पुँजी ६ अर्ब ६० करोड ३० लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया