वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से साढे ९ अंकले उकालो, एक अर्व बढीको कारोबार

अर्थटुडे
२०७४ श्रावण १६, सोमबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार साढे ९ अंकले बढेको छ । बिमा बाहेकका सबै समूहगत परिसूचक उकालो लागेपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो ।

सोमबार नेप्से सूचक ९.४१ अंकले वृद्धि भई १६ सय ५२.६९ अंकमा पुगेको हो । आज होटल समूह १६१.२८, उत्पादक ४६, जलविद्युत ३१.१२, फाइनान्स १०, बैंकिङ ६.७८, विकास बैंक ५ र अन्य समूह ५ अंकले बढेको छ । यसैगरी बिमा समूह मात्र ५.२१ अंकले ओरालो लागेको छ ।

यसदिन १५५ वटा कम्पनीको १६ लाख ४८ हजार कित्ता सेयर १ अर्व ४ करोड रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ