वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तेस्रो सराङकोट महोत्सव भदौ १६ देखि

अर्थटुडे
२०७४ श्रावण १६, सोमबार

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकलाई सराङकोटमा आकर्षित गर्ने लक्ष्यका साथ भदौ १६ गतेदेखि तेस्रो सराङकोट महोत्सव हुने भएको छ । सराङ्गकोट टोल विकास संस्थाको मूख्य आयोजना तथा सराङ्गकोट समाज सेवा युवा क्लब,स्मृति युवा क्लब र सराङ्गकोट पर्यटन विकास समितिको सह आयोजनामा संचालक हुने महोत्सव भदौ २५ सम्म चल्नेछ ।

महोत्सवमा प्यारा ग्लाइलिङ र जिप फ्लायरका साथै रत्यौली गित प्रतियोगिता साँस्कृतिक भेषभूषा तथा बाजा गाजा प्रर्दशनी तथा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, दुना टपरी गाँस्ने प्रतियोगिता लगायतका आकर्षण रहेको आयोजकले जनाएको छ ।

पोखरा घुम्न पुगेका पर्यटकहरुका लागि सराङकोट आकर्षक गन्तव्य मानिन्छ । यहाँबाट पोखरा र वरिपरिको हिमाली दृश्यका साथै प्यारा ग्लाइडिङ समेत चर्तित छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ