काठमाडौं । पोखराको सिर्जनाचोकमा केन्द्रिय रहेको कामना विकास बैंक र बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंकले एकापसमा मर्ज एकिकृत कारोबार सुरु गरेका छन् । कामना सेवा विकास बैंकको नामबाट कारोवार सुरु गरेको कम्पनीको उद्घाटन शनिबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गरे ।
एकिकृत कारोबार पछि बैंकको चुक्ता पूँजी २ अर्व ६ करोड रुपैयाँ पुगेको छ । यसैगरी निक्षेप १२ अर्व ६० करोड, कर्जा ११ अर्व ५१ करोड पुगेको छ । बैंकको शाखा संजाल ४० एटिएम संख्या १६ र ग्राहक संख्या १ लाख ७१ हजार, कर्मचारी संख्या ३३१ जना रहेको जानकारी गराइएको थियो ।
आगामी २ वर्ष भित्र नेपाल राज्य भर शाखा कार्यालय विस्तार गर्ने र तत्कालै काठमाडौं, ज्ञानेश्वर स्थित आफ्नै भवनबाट अत्याधुनिक सुविधा सहितको बैकिङ्ग सेवा समेत प्रदान गर्ने गरी केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने जानकारी समेत दिइएको थियो ।
कार्यक्रममा वोल्दै डेपुटी गर्भनर सिवाकोटीले राष्ट्र बैंकको मर्जर नीतिले गत आषाढ २० गते सम्म १५५ बटा संस्था मर्ज भई ४३ वटा हुदा ११२ वटा संस्था विलय भएको जानकारी दिए ।
प्रतिक्रिया