वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल हाइड्रो डेभलपरको ३ करोड ९० लाख बराबरको साधारण सेयर आजबाट

अर्थटुडे
२०७४ श्रावण २७, शुक्रबार

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको ३ करोड ९० लाख रुपैयाँको ३ लाख ९० हजार कित्ता साधारण सेयर आजबाट बिक्री खुल्ला भएको छ । एक सय रुपैयाँ अंकित सेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीको कूल निश्कासित सेयरमध्ये २ प्रतिशत अर्थाते ७ हजार ८०० सय कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् १९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।

हाल २२ करोड १० लाख रुपैयाँ चुक्तापुजी रहेको कम्पनीको आइपीओ बिक्रीपछि २६ करोड रुपैयाँ पुग्नेछ ।

लगानीकर्ताले सेयर बिक्री प्रवन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, नेपाल हाइड्रो डेभलपरको कार्यालय डिल्लीबजारका साथै आस्वा अनुमति लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ