वि.सं. २०८२ बैशाख १३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शुक्रबार वित्तीय विवरण प्रकाशित गरेका एसबिआई, एनबी, मेगाको प्रगति यस्तो छ

अर्थटुडे
२०७४ श्रावण २७, शुक्रबार

काठमाडौं । अस्थिर राजनीतिक अवस्था, तरलताको अभावलगायतका समस्या झेलेका बैंकहरुले गत आर्थिक वर्षमा राम्रै नाफा गर्न सफल भएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुको नाफा बृद्धि भएको र अधिकांश बैंकहरुले अर्व भन्दा बढी नाफा गरेका छन् ।

शुक्रबार नेपाल एसबिआई, नेपाल बंगलादेश, मेगा बैंकले वित्तीय विवरण प्रकाशित गरेका छन् ।

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षमा डेढ अर्व नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १५ प्रतिशत नाफा बढाएको हो । अघिल्लो आवमा १ अर्ब ३३ करोड १८ लाख खुद नाफा गरेको बैंकले चालु आवमा १ अर्ब ५२ करोड ३८ लाख नाफा गरेको छ । बैंकले २ अर्ब ९१ करोड ६८ लाख खुद व्याज आम्दानी गरेको छ । यसैगरी, बैंकले २ करोड ८० लाख ३५ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने १८ करोड ७९ लाख ७ हजार रुपैयाँ संभावित जोखिमका लागि छुट्याएको छ । गत आवसम्म बैंकले ८१ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २ करोड कर्जा लगानी गरेको जनाएको छ ।

यसैगरी एनबी बैकको नाफा पनि अर्वभन्दा माथि छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा एक करोड रुपैयाँ नाफा वृद्धि गरी एक अर्व २० करोड नाफा गरेको छ ।बैंकले गत आवसम्ममा ४३ अर्व ७१ करोड निक्षेप संकलन गरी ३७ अर्व ४६ करोड कर्जा लगानी गरेको छ ।

मेगा बैंकको नाफा भने अर्व पुग्न सकेको छैन । बैंक गत आवसम्ममा ७९ करोड १४ लाख रुपैयाँ मात्र नाफा गरेको छ । वृद्धिका आधारमा हेर्ने हो भने अघिल्लो आवको तुलनामा ५५ प्रतिशतले वृद्धि भएको हो । बैंकले गत आवसम्ममा ३८ अर्व ९३ करोड निक्षेप संकलन गरी ३४ अर्व ५९ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ