वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्रीको भ्रमणमा पञ्चेश्वरको गाँठो फुक्छ र हिउँदमा पनि लोडसेडिङ हुँदैन—राजदूत उपाध्याय

अर्थटुडे
२०७४ श्रावण २८, शनिबार

काठमाडौं । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा विगतको सहमति र सम्झौता कार्यान्वयन हुनेगरी ठोस सहमति हुने बताएका छन् । शनिबार साक्षात्कारमा बोल्दै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नमिलेका विषय मिलाउने, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउने र अरुण तेस्रो जलविद्युत आयोजनाको दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त शिलान्यासको टुंगो लाग्ने खुलासा गरे ।
‘प्रधानमन्त्री देउवाको भारत भ्रमणमा विगतको सम्झौता र सहमति कार्यान्वयनबारे गम्भीर छलफल गरी टुंगोमा पु¥याउने मुख्य एजेण्डा बनेको छ,’ राजदूत उपाध्यायले भने,‘यो भ्रमणले भारतसँग विगतमा पूर्वाधार विकासमा भएका सहमति र सम्झौता कार्यान्वयनलाई मूर्त रुप दिने गरी कुराकानी हुन्छ ।’

नयाँ सम्झौता गर्नेभन्दा पनि विगतमा भएका सम्झौताको कार्यान्वयनलाई प्राथमिकतामा राखेर गम्भीर छलफलको एजेण्डा तय भएको बताए । प्रधानमन्त्री देउवाले सम्झौता कार्यान्वयनका लागि समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय अधिकारीहरूसँग प्रष्ट कुरा राख्ने उपाध्यायको भनाई थियो । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा विगतमा भएका समझदारीको पालना र कार्यान्वयन किन भएन भनेर प्रश्न गर्नुहुनेछ,’ उनले भने ।

प्रधानमन्त्रीको भ्रममणमा पञ्चेश्वरको डिपिआर तयार गरी काम अगाडि बढाउने मामलामा परेको गाँठो फुकाउने विषय प्राथमिकतामा रहेको बताए । दुई देशबीच सहमति नबन्दा महाकाली सन्धीको २२ वर्ष बित्दा पनि यस अन्र्तगतको पञ्चेश्वर परियोजनाको डिपिआर बन्न नसक्नुले दुवै देशलाई घाटा परेको बताए । छ हजार सात सय २० मेगावाट विजुली उत्पादन गर्ने आयोजना बन्न जति ढिलो हुन्छ उति नोक्शान हुने उल्लेख गर्दै अब टुंग्याउने गरी सहमति गरिने स्पष्ट पारे ।

पञ्चेश्वर परियोजना ढिलो गर्न नहुमा भारत समेत सचेत रहेको राजदूत उपाध्यायको भनाई थियो । पञ्चेश्वरमा नमिलेको नदीको सीमा सम्बन्धि समस्या टुंग्याउन अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानिने बताए । उनले भने,‘ भारत र बङ्गलादेशबीच सीमानदीका विषयमा माथिल्लो र तल्लो तटीय सहकार्यको मोडालिटी अनुसार नेपाल र भारतबीच पनि सहमति बनाउनेबारे छलफल बढेको छ ।’
अरुण तेस्रो आयोजना निर्माणको शिलान्यास गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने बताए । उनले भने,‘अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको शिलान्यास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी नेपाल आउने पक्का भइसकेकाले छिट्टै मिति घोषणा हुन्छ ।’
माथिल्लो कर्णालीको निर्माणमा लगानी सुनिश्चित गर्नेबारे पनि काम अगाडि बढिरहेको उपाध्यायले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ