वि.सं. २०८२ बैशाख १३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिने भयो सुत्केरी विदा बढायो

अर्थटुडे
२०७४ श्रावण २९, आईतवार
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले महिला कर्मचारीहरुलाई दिइदै आएको ९० दिनको सुत्केरी विदा बढाएको छ । महिला कर्मचारीहरुले सुत्केरी हुँदा पाउँदै आएको ९० दिनको सुत्केरी विदाको अवधि बढाएर २० हप्ता अर्थात १४० दिन पु¥याइएको छ र यस अवधिमा महिला कर्मचारीहरुलाई पूरै तलब दिइने पनि बैंकले जनाएको छ ।

जनशक्तिको परिवर्तित आवश्यकताहरुमा साथ दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थामा कार्यरत कर्मचारहिरुको फाइदालाई मनन गरी सुविधा बृद्धि गरेको जनाएको छ । यस्तै पुरुष कर्मचारीहरुले पनि पिता बनेको अवस्थामा २ हप्ताको तलबी विदा पाउने भएका छन्, यसभन्दा अघि उनीहरुले १ हप्तामात्र विदा पाउँदै आएका थिए ।

यसैगरी बैंकले बच्चा एडप्ट गर्दा हाल दिंदै आएको २ दिनको विदाको सुविधा पनि बढाएर २ हप्ता पु¥याएको छ । बैंकमा कार्यरत कर्मचारीहरुलाई थप लाभ प्रदान गर्न गरिएको परिमार्जित नीतिले बैंकलाई समेत फाइदा पुग्ने विश्वास लिइएको छ ।

यस्तो नीतिले कर्मचारीहरु प्रोत्साहित हुने र उनीहरु आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध रहने छन् भन्ने अपेक्षा गरिएको छ । बदलिंदो अवस्थामा कुनै पनि संस्थाको लागि कर्मचारीहरुले बहन गर्ने जिम्मेवारी नै चुनौती बन्दै आएको छ, जुन चुनौती पार गर्न कर्मचारीहरुलाई काम गर्ने वातावरण पैदा गर्नु नितान्त जरुरी छ बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ