वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय

अर्थटुडे
२०७४ श्रावण २९, आईतवार

काठमाडौं । विगत केहीदिन देखि परेको अविरल बर्षाका कारण बाढी र पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरुको परिवारलाई सरकारले २ लाख राहत दिने निर्णय गरेको छ । लगातारको बर्षाका कारण आएको बाढीले तराई मधेसका जिल्लामा ३९ जना भन्दा बढीको ज्यान गएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई राहत स्वरुप प्रति परिवार दुइलाख रुपैयाँ दिने निर्णय गरेको हो । सो बैठकले जलमग्न भएका क्षेत्रहरुमा संकटग्रस्त क्षेत्र घोषणा गर्न सकेन । त्यस्तै सरकारको सोही बैठकले प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई तिव्रता दिने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ