काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) सेवा सुरु गरेको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमका विच नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक अनुकूल भटनागरले सो सेवाको सुभारम्भ गरे ।
व्यक्तिगत तथा संस्थागत दुवै खाले सेवाग्राहीलाई लक्षित गरी प्रचलनमा ल्याइएको यो सेवा लगानीको गुणस्तर, बृद्धि, दिर्घकालिन लाभ र मूल्यमा आधारित उपयुक्त छनौट सिद्धान्तलाई अनुसरण गरी तर्जुमा गरिएको कम्पनीले जनाएको छ ।
नेपाल एसबिआई मर्चेन्टको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) अन्र्तगत ब्यक्तिगत लगानीकर्ता लक्षित एनएसएमबिएल इक्विटी पोर्टफोलियो, एनएसएमबिएल प्रुडेन्ट पोर्टफोलियो एनएसएमबिएल धनबृद्धि पोर्टफोलियो गरी विभिन्न चार योजना तथा संस्थागत लगानीकर्ता लक्षित एनएसएमबिएल कर्पोरेट पोर्टफोलियो रहेका छन् ।
लगानीकर्ताको लगानी क्षमताका आधारमा फरक फरक लगानी अवधि तथा लगानी सीमा एवं ग्राहकको चाहना/इच्छा अनुसार छोटो समयमै प्राप्त हुने प्रतिफल सहजै फिर्ता वा पुन लगानी गर्न सकिने जस्ता विशेषताहरु उक्त लगानी व्यवस्थापन सेवामा रहेका छन् ।
एनएसएमबिएलले सञ्चालनमा ल्याएको लगानी व्यवस्थापनका योजनाहरु स्वेच्छिक (डिस्क्रिशनरी) तथा गैर स्वेच्छिक (नन डिस्क्रिशनरी) गरी दुवै किसिमका छन् ।नेपाल एसबिआई मर्चेन्ट नेपाल एसबिआई बैंकको पुर्ण स्वामित्वको सहायक कम्पनी हो ।
प्रतिक्रिया