वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्टाण्डर्ड चार्टर्ड बैंकको प्रगति सुस्त, नाफामा अघिल्लो बर्ष भन्दा ८ करोडले मात्र बृद्धि

अर्थटुडे
२०७४ श्रावण ३०, सोमबार

काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकको गत बर्षको प्रगति सुस्त देखिएको छ । गत आर्थिक बर्षमा बैंकले १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा तुलनामा ८ करोड ९४ लाख रुपैयाँले मात्र बढी हो ।

त्यस्तै बैंकको अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानीमा ११ रुपैयाँले कमी आएको छ । बैंकको जगेडाकोष भने मजबुत भएको छ । बैंकले एफपीओ विक्रिबाट आएको प्रिमियमले जगेडाकोषलाई ८ अर्ब १५ करोडमा पुर्याएको छ । बैंकको चुक्तापुजी भने चार अर्ब मात्र रहेको छ ।

६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले करिव ५५ अर्ब कर्जा तथा लगानी गरेको छ । बैंकको निष्कृष्य कर्जा भने ०.१९ प्रतिशतमा रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ ३०३.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६६.५२ गुणा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ